निजगढ,नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको नयाँ नेतृत्व चयनको लागि आगामी पुष २८ गते मतदान हुने भएको छ ।नयाँ कार्यसमितिमा पदाधिकारीहरुको चयनका लागि रेडक्रस निजगढको निर्वाचन अधिकारी संन्तोष नेपालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार पुष २७ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने र २८ गते मतदान हुनेछ ।२७ गतेको आवश्यकताभन्दा बढी आकांक्षीहरुले मनोनयन पत्र दाखिला गरेको अवस्थामा मतदान प्रक्रियाबाट पदाधिकारीहरुको चयन गरिने नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाका उपसचिव कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानबाट सभापती, महिला उपसभापती, सचिव, कोषाध्यक्ष, उपसचिव र उपकोषाध्यक्ष एक÷एक जना र ५ जना सदस्य समेत गरी ११ पदको चयन गरिने जानकारी दिनुभयो ।निजगढ रेडक्रसको नयाँ नेतृत्वको लागि वर्तमान कार्यसमितिको उपसभापति गंगा शिवाकोटी, सचिव मोहन डिसी, सहसचिव अमृतराज उप्रेती र पूर्व उपभापति रुद्र धिताल आकाक्षी देखिएका छन् ।रेडक्रसमा साधारण र आजीवन सदस्य गरि दुई सय १८ जना मतदाता छन् । २०७९ चैतसम्म सदस्यता लिएकाहरुले मात्र मतदाता बन्न पाएका हुन् ।




















