कृपा संवाददाता
हेटौंडा, ७ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोलमा आजबाट ३ वर्षे फरेष्ठि डिप्लोमा कक्षा सञ्चालनमा आएको छ । शिद्धार्थ माध्यमिक बिद्यालयले बिद्यार्थीलाई प्राबिधिक शिक्षा दिने उदेस्यले फेरेष्ठी पढाइ सुरु गरेको हो । फरेष्ठि कक्षाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्राबिधिक शिक्षा दिएर सवैलाई रोजगारी दिलाउनुपर्ने वताउनुभयो । प्राविधिक जनसक्ती अभावका कारण बाहिरी देशबाट जनसक्ति ल्याउनुपर्ने समस्या यस बिद्यालयले पुरा गर्ने मेयर महतले वताउनुभयो ।
सबै सरकारी विद्यालयका शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने वताउँदै उहाँले भन्नुभयो–‘सामुदायिक विद्यालयका शिक्षकले गुणस्तिरिय शिक्षा दिनका लागि आफ्ना छोराछोरी निजी बिद्यालयमा नभइकन सरकारी विद्यालयमा भर्ना गर्नुपर्छ । मैले पनि नातीनीलाई सरकारी विद्यालयमा भर्ना गरेपछी मात्र तपाइहरुलाई भन्न सकेको हुँ । तपाईहरुबाट यो सुरुवात कहिले हुन्छ म पर्खाइमा छु ।’
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, शिक्षा इकाई मकवानपुरका प्रमुख लिला गौतम, डिलपीआइयु शिक्षाका प्रमुख वद्रीबहादुर पाठक, हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने, सामुदायिक वन उपभोक्ता महाँसंघका केन्द्रीय अध्यक्ष भारती पाठक, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ, बलराम वल, सीटीभीटीका प्रमुख कृष्ण केसी लगायतकाको आतिथ्यता रहेको थियो । शिद्धार्थ माबि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मधु वजगाईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक मोहन प्रसाद शर्माले स्वागत गर्नु भएको थियो ।