सिमरा,डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत सूर्य नेपालले नियमित रूपमा विद्युत् महसुल बुझाइरहेको जनाएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा ‘डेडिकेटेड र ट्रंक लाइन’ प्रयोग गरेबापत सूर्य नेपालले किस्ताबन्दीमा मासिक १२ लाख ५० हजार महसुल रकम बुझाउँदै आएको प्राधिकरण सिमरा वितरण केन्द्रले जानकारी दिएको छ ।‘डेडिकेटेड तथा टंक लाइन प्रयोग गरेबापत सूर्य नेपालको ६ करोड ५० लाख थियो, अहिले घटेर २ करोड ५० मा झरिसकेको छ ।’ इन्जिनियर रुपाखेतीले भन्नुभयो ।सूर्य नेपालले २०७८ साल साउनदेखि नियमित महसुल बुझाउँदै आएको बताएको छ । सूर्य नेपालले अगामी आर्थिक वर्षसम्म बाँकी रकम बुझाइसक्ने प्रतिबद्धता जनाएको प्राधिकरणले जनाएको छ ।



















