दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कलैया उपमहानगरपालिकाको १२औं हिउँदे अधिवेशन तथा नगरसभाको पहिलो दिनेको सभा बिहीवार सम्पन्न भएको छ ।नगर प्रमुख बिनोदप्रसाद साहको अध्यक्षतामा भएको सो नगरसभामा उपप्रमुख रौशन प्रवीण, प्रमुख प्रशासकीय अधिकृत.नाथु साह, उपसचिव प्रह्लादप्रसाद बर्णवालले पानसमा बत्ति बालेर सयुक्त रुपमा नगर सभाको उद्घाटन गरेका थिए । सभामा नगरकापालिका २७ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, वडा सचिव, संञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । जिल्लाका १६ वटा पालिकाहरु मध्ये हिउंदे अधिवेशन गर्ने कलैया उपमहानगरपालिका पहिलो बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here