निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ निवासी समाजसेवी निर्मल खडकाले निजगढस्थित सरकारी र गैह्सरकारी कार्यालयहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीर राख्ने अभियान सुरु गर्नुभएको छ ।

राष्ट्रको एकिकरण गरेर नेपालको अस्तित्व जोगाउने कार्यमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई धेरैले बिर्सन लागेको देखेर पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै कार्यालयहरुमा फोटो राख्ने अभियान थालेको खडकाले बताउनुभएको छ ।

खडकाका अनुसार पृथ्वीनारायण शाहको तस्वीर निजगढका विभिन्न कार्यालयहरुबाट माग भएको र केहीमा राख्ने कामसमेत पुरा भएको छ । यसैक्रममा खडकाले उपलब्ध गराएको पूर्णकदको तस्वीर बिहीवार रेडियो निजगढ १०७.२ मेगाहर्जको कार्यालयमा पनि राखिएको छ । तस्वीर राख्ने क्रममा खडका आफै निजगढ ९ स्थित रेडियो निजगढको कार्यलयमा आफै उपस्थित हुनु भएको थियो ।

Leave a Reply