वीरगञ्ज,पर्साको वीरगञ्जस्थित गिता मन्दिर प्राङ्गणमा बुधवार निःशुल्क आँखा शिविर संचालन भएको छ । नेपाल अपांग संघ पर्साको आयोजनामा सम्पन्न भएको अँखा शिविरमा मार्टिका आई फाउन्डेसनको सहयोग रहेको थियो ।नारायणी क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष धिरज गुप्ताको प्रमुख अतिथि तथा नेपाल अपांग संघ पर्साका अध्यक्ष सम्भु पासवानको अध्यक्षतामा भएको थियो । सो कार्यक्रम तुलसीको बोटमा पानी हालेर प्रमुख अतिथि गुप्ताले शिविरको उद्धाटन गर्नुभएको थियो । कार्यक्रमको सुरुमा प्रमुख अतिथि गुप्ताको आँखा परीक्षण गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले नारायणी क्षेत्रीय अस्पतालले जनताको सेवाको लागि धेरै सुविधा थप्दै गएको बताउनुभयो । अहिले नारायणी अस्पताललाई बिरामी उपचारको लागि पहिलो रोजाइमा राख्ने अस्पतालको रुपमा स्थापित गराउन लागि परेको बताउनुभयो ।




















