निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्थित स्वामीको बोटमा पद्म पुराण (भूमिखण्ड) ज्ञान महायज्ञ सुरु भएको छ ।
उक्त क्षेत्रमा रहेको श्रीराम जानकी मन्दिर तथा थानेश्वर मन्दिर जीर्ण भएकाले मर्मत गर्न रकम संकलन गर्ने उद्देश्य पाँच दिने पद्म पुराण ज्ञान महायज्ञको आयोजना गरिएको हो ।यज्ञको पहिलो दिन बुधवार कलश यात्रा निकालिएको थियो । कलश यात्रा समताटोल हुँदै श्री सार्वजनिक माध्यमिक प्राविधिक विद्यालय बागदेव, पुर्वटोल, खोल्माटोलको मुक्तिनाथ एकादशी समूहबाट निर्मित जेष्ठ नागरिक भवन र मुक्तिनाथ मन्दिर तथा श्रीकुष्ण प्रणामी मन्दिर सडकटोलको परिक्रमा गरी पुनः सोहि स्थनमा आएर समापन गरिएको थियो ।कलश यात्रा समापन कार्यक्रमको प्रमुख अतिथिमा बारा क्षेत्र नम्बर १ ‘१’ मधेस प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी रहनुभएको थियो । विशेष अतिथिहरुमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, नगरपालिकाका पूर्र्वप्रमुख सुरेशकुमार खनाल, पूर्वउपप्रमुख लिलादेवी लामिछाने रहेका थिए ।
त्यस्तै अन्य अतिथिहरुमा निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, निजगढ नगरकार्यापालिका सदस्य शर्मिला विक, मिना चौरेल, जनसिर्जनशील सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुशबहादुर थापा, अचार्य राप्रपन्न अधिकारी, लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, अैचोपैचो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी र जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य चौधरी निजगढ नगरपालिकाका प्रमुख पुरी, उपप्रमुख सोममाया थिङ, निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगरले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै सांसद चौधरीले धार्मिक भवन रामजनकी मन्दिर निर्माणका लागि गरिएको महायज्ञबाट निजगढवासीले महाज्ञान प्राप्त गर्ने विश्वास लिएको बताउनुभएको थियो । उहाँले मन्दिर निर्माणको लागि संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न मन्दिर व्यवस्थापनको कार्यक्रम रहेकोले यसलाई संसोधन गरेर भए पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।महायज्ञ आयोजक समितिका संयोजक तेजप्रसाद गौगमको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य आशा चौलागाई र संचालन पुण्यप्रसाद गौतमले गर्नुभएको थियो ।


















