पुष्पराज खतिवडा
मनहर्वा,बाराको पथलैयामा पटके बाटो इजाजत पत्र शाखा (पटके सेन्टर) को स्थापना भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ को पथलैयामा मंगलवार मधेस प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री चन्दन सिंहले शाखाको उद्घाटन गर्नुभएको हो ।गत मंसिर २५ बाट जिल्लाको सदरमुकाम कलैयामा यातायात व्यवस्था कार्यालय संचालनमा आइसकेको छ । यद्यपि सो कार्यालयबाट दिने सेवालाई थप सहज बनाउन भनेर पथलैयामा पटके सेन्टर कार्यालय खोलिएको मन्त्री सिंहले बताउनु भयो ।यसअघि पटके सवारीको अनुमति लिन वीरगञ्ज तथा हेटौंडा जानुपर्ने बाध्यता थियो । पथलैयामा कार्यालय खुलेसँगै सो समस्याको समाधान हुने भएको छ , जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले बताउनुभएको छ ।अस्थायी पटके ईज्जत् शाखाबाट पटके सम्बन्धि सम्पूर्ण सेवाहरू प्रदान गरिने यातायात व्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताउनु भएको छ । पटके बाटो इजाजत पत्र शाखाको अन्य कार्यको लागि सेवा ग्रागीलाई वीरगञ्ज तथा हेटौंडा जानुपर्ने बाध्यताको अन्त भएको प्रमुख हुसेनले बताउनुभयो ।पथलैयामा पटके इजाजत शाखा उद्घाटन भएसँगै स्थानीय सेवाग्राहीहरु खुशी देखिएका छन् ।कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, यातायात व्यवस्था कार्यालय पर्साका प्रमुख उमेश रेग्मी, जनमत पार्टीका पर्सा इन्चार्ज ओमप्रकाश सर्राफ, पथलैया ट्राफिकका प्रहरी नायब उपरीक्षक माधव काफ्ले लगायतको उपस्थिति थियो ।


















