सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिकाको वडा नम्बर २ स्थित श्रीनगर बैरियामा जनता समाजवादी पार्टीले पार्टी प्रवेस कार्यक्रम आयोजना गरेको छ ।
जसपा पार्टीले संचालन गर्दै आएको सुज अभियान अन्तरत प्रदेस सभा सदस्य बच्चाप्रसाद यादवको प्रमुख आतिथ्यता तथा पचरौता नगरपालिका प्रमुख रमेशकुमार यादवको विशिष्ठ उपस्थितिमा लोकतान्त्रिक समाजवादी पार्टी र नेपाली कांग्रेशका सयौं कार्यकर्ताहरु पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन । पार्टीमा प्रवेश गरेकाहरुलाई प्रदेश सभा सदस्य यादवले अवीर र खादा लगाएर स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य यादवले देशमा संघीयता आएपछि नै नेपालका सबै पार्टीले मधेसीलाई कोटा छुट्यायर आरक्षण दिएको बताउनुभयो । केही दलका नेताहरुले संघीयतालाई समाप्त पार्ने षडयन्त्र गरिरहेको बताउदै सभासद यादवले जसपाले कुनै पनि हालतमा त्यस्तो षडयन्त्र सफल हुन नदिने बताउनुभयो । कार्यक्रम पचरौता नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोजप्रसाद यादव, जसपा युवा नेता अखिलेश यादव, अवधभुसन यादव, कुसेश्वर साह लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।