बरियारपुर,सडक निर्माणको मांग गर्दै स्थानीयले सोमबार दिनभरि कलैयास्थित अदालत रोड अवरुद्ध गरेका छन । कलैया उपमहानगरपालिका ४ स्थित जानकी हलदेखि दक्षिणतर्फ गुप्ता पेट्रोल पम्प, अदालत रोड र गंजभवानीपुर जाने लगायतको सडकमा बिहानदेखि नै वडा अध्यक्ष जाटाशंकर सहनीको अगुवाईमा सडक अवरुद्ध पािरएको स्थानीय मोकादम मिया अंसारीले बताउनुभयो । विगत लामो समयदेखि जिर्ण अवस्थामा रहेको अदालत रोड साईराम कन्ट्रक्शन कम्पनीले निर्माणको ठेक्का लिएको भए पनि अहिलेसम्म निर्माण कार्य शुरु नगरिएको भन्दै स्थानीय सडक अवरुद्ध पारेका हुन । यसअघि सडक निर्माणको माग गर्दै कलैया उपमहानगरपालिका वडा न ४ का वडा अध्यक्ष सहनीको अगुवाईमा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत ज्ञापन पत्रसमेत बुझाईएको थियो । सदरमुकामस्थित भिडभाड हुने अदालत रोडमा सडक अव्यवस्थित भएपछि वर्षायाममा घरभित्र पानी प्रवेश गर्ने समस्या हुने गरेकोले सडक निर्माण कार्य तुरुन्त सुचारु गर्न स्थानीयहरुले ठाउँ ठाउँमा सडक जाम गरी अवरुद्ध पारेका थिए । यसैबीच बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसंग सम्पर्क गर्दा साईराम क्न्ट्रकसनका ठेकेदार र ईन्जिनियरलाई मंगलबार कार्यालयमा बोलाइएको र चाढै नै निर्माण कार्य शुरु गराउने जानकारी बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here