कलैया,नेपाल विधुत प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर चोरी गरेको आरोपमा बारा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ श्रीनगर बैरियार र पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारीबाट अघिल्लो महिना २ थान ट्रान्सफर्मर चोरी गरेको आरोपमा भारतको मोतिहारी जिल्ला विन्धवा सोनीमा ग्राम बस्ने प्रभु यादवको छोरा बर्ष २२ का जैसिलाल यादवलाई पक्राउ गरेको हो ।प्रहरीले यादवलाई पचरौता नगरपालिका वडा नम्बर ५ स्थित तियर खोलामा चोरी गरेको ट्रान्सफर्मरमा जडित एलटी क्वाइल ६ र एचटी क्वाइल २ थानसहित सोमवार साँझ पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले दिएको जानकारीअनुसार यादवले गत मंसिर १३ गते राति सिम्रौनगढ र मंसिर २३ गते पचौरता नगरपालिकाबाट २ थान ट्रान्सफर्मर चोरी गरेका थिए ।पक्राउ परेका यादवलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरु गरेको प्रहरीले बताएको छ ।

Leave a Reply