कलैया,बाराको महागढीमाई नगरपालिका– १० गन्जभवानीपुरस्थित भोला माध्यमिक विद्यालयमा आज एक विशेष कार्यक्रमबीच टेक ल्याब र मेकर स्पेस भवनको उद्घाटन गरिएको छ ।सहयोगी संस्था कोईकाका कार्यक्रम प्रबन्धक डङ्गग्यु किमले ताम्रपत्र खोलेर टेक ल्याब र मेकर स्पेस भवनको उद्घाटन गर्नुभएको हो ।

सेभ द चिल्ड्रेन र कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोईका) को आर्थिक सहयोग, जनजागरण युवा क्लब बाराको साझेदारी तथा महागढीमाई नगरपालिकाको समन्वयमा सञ्चालित ‘इन्सपायर्ड परियोजना’ अन्तर्गत विद्यालयमा निर्माण गरिएको भवनको उद्धाटन गरिएको हो । आइटि टेक ल्याब २२ लाख ५० हजार ५६१ रुपैयाँ ५९ पैसा तथा मेकर स्पेस ९ लाख ४९ हजार ४१० रुपैयाँ ८४ पैसाको लागतमा निर्माण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डङ्गग्यु किमले बदलिँदो समयसँगै प्राविधिक शिक्षाको महत्व झन् बढ्दै गएको बताउनुभयो । उहाँले विद्यालयमा स्थापना गरिएको मेकर स्पेस र टेक ल्याबको अधिकतम प्रयोग गर्दै आफ्नो सीप, सिर्जनशीलता र क्षमता अभिवृद्धि गर्न विद्यार्थीहरूसंग आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देवी कानु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज रिजाल, वडा नम्बर–१० का वडा अध्यक्ष चन्दन कुमार, जनजागरण युवा क्लबका कार्यवाहक अध्यक्ष राजदेव साह, प्रोग्राम डेभलपमेन्ट, क्वालिटी एण्ड इन्फ्लुएन्सका डाइरेक्टर आयुष जोशी, एससीआईका मिनजी काङग, कोईकाका सोरा बेक, सोवान हान, सेभ द चिल्ड्रेनका कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।विद्यालयका प्रधानाध्यापक भोला कुशवाहाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सञ्चालन भने कक्षा १० छात्रछात्रा रिया शर्मा र ओमशंकर पण्डितले गरेका थिए ।

Leave a Reply