कोल्हबी,बारा जिल्लाको बारागढीमा एक जना २५ वर्षिय महिला बलात्कृत भएकी छन् ।जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ४ निवासी ३५ वर्षीय श्याम साह तेलीले घरमा कोही नभएको मौका छोपी स्थानीय २५ वर्षीय महिलालाई जबरजस्ती गरेको बुझिएको छ । महिलाका अनुसार तेलीले घरमा कोही नभएको बेला आफूसँग करणी गरेको बताएकी छन् ।पीडित भनिएकी महिला केही समयदेखि माइतीघरमा बस्दै आएकी थिइन । आमा लगायत घरका अन्य सदस्य बाहिर गएको बेला तेलीले आफूसँग बलात्कार गरेको उनको आरोप छ ।बितेको पुस ३ गते साहले घरमा प्रवेश गरी बलात्कार गरेर फरार रहेको बताउँदै पीडित महिलाले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा पुस ५ गते किटानी जाहेरी समेत दिएकी थिइन ।प्रहरीले पीडित भनिएकी महिलाको कलैयास्थित प्रादेशिक अस्पतालमा मेडिकल जाँच गराएर अनुसन्धान अगाडि बढाएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताउनुभयो ।

Leave a Reply