निजगढ,नगरको विकास र प्रतिष्ठा बढाउन योगदान गरेको भन्दै निजगढ नगरपालिकाले ५ दर्जनभन्दा बढीलाई सम्मान गरेको छ ।
नगरपालिकाले ‘नगर सम्मान’ कार्यक्रमको आयोजना गरी विविन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याका पूर्वजनप्रतिनिधि, समाजेवी, बुद्धिजिवी, शिक्षाप्रेमी र खेलाडीलगायत विशिष्ठ व्यक्तिहरुलाई मंगलबार सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एंव खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नगरका अग्रज र ख्याति प्राप्त व्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा नगरवासीहरुसंगै आफ्नो पनि सम्मान बढेको बताउनुभयो ।
उहाँले समाजमा योगदान गर्ने व्यक्तिहरुको सबैले सम्मान गर्नु पर्ने बताउनुभयो । गाउँको विकासमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, र नागरिकहरु नै अग्रसर हुनु पर्ने भन्दै अरुको भर परेर विकास नहुने बताउनुभयो । यसको लागि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरुसंग आग्रह पनि गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले निजगढ नगरपालिकाले आयोजना गरेको ‘नगर सम्मान’ कार्यक्रमबाट नगरकै इज्जत, शान थप उच्च भएको बताउनुभयो ।
उहाँले पनि राजनीतिक कर्मको मूल उद्देश्य समाजसेवा नै भएकोले जनताको हितको लागि सबै एकजुट बनेर काम गर्नु पर्ने बताउनुभयो
निजगढ नगरपलिकाका नगर प्रुमख सुरेशकुमार खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर उपप्रमुख लिलादेवी लामिछाने, भूमि समस्या समाधान अयोगका पूर्व अध्यक्ष देवीप्रसाद ज्ञावली, मधेश प्रदेशका सभासद त्रिलोकी चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की लगायतले बोलेका थिए ।
कार्यक्रममा निजगढका पूर्वप्रधानपञ्च सन्तबहादुर राउत, जनपक्षीय प्रधानपञ्च स्व. नन्दीकेश्वर न्यौपाने, प्रधानपञ्च पुरुषोत्तम पौडेल, पूर्व अध्यक्ष एकबहादुर श्रेष्ठ, पूर्वउपाध्यक्ष अम्विका चौलागाई, समाजसेवी भोजराज अधिकारी, चन्द्रसिंह लामा, जयराम दवाडी, गौरीशंकर माविका पूर्वप्रअ कृष्णप्रसाद उपाध्याय, विद्यावारिधि प्राप्त गर्ने गोपीलाल न्यौपाने, प्रमोद दाहाल, रामकुमार अधिकारी, शहीद हिरालाल गौतम, जनआन्दोलनका घाइतेहरु, वरिष्ठ सिने कलाकार एंव राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव युवराज लामा, अन्तराष्ट्रिय खेलाडी यानकुमारी चौलागाई, दिनेश हुमागाईलगायतलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकृत रविन घिमिरे र रोजी श्रेष्ठले गरेका थिए ।