मनोज शाह
जीतपुर,बाराको जीतपुरमा रहेको आफ्नो कुलदेवता सल्हेस बाबा मन्दिर परिसर स्थानीय संतोष साहले अनाधिकृत रुपमा घेराबारा गरेपछि पसावन समुदायका अगुवाहरुले आपत्ति जनाएका छन ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको सो समुदायको मन्दिर परिसर अनाधिकृत रुपमा घेराबारा गरी कब्जा गर्न खोजिएको भन्दै उनीहरुले आपत्ती जनाएका हुन ।वर्षौदेखि रहेको मन्दिर अतिक्रमण गरेर कब्जा गर्न खोजिएले आफूहरुले विरोध गर्नुपरेको नेपाल दलित मुक्ति मोर्चा मधेस प्रदेश सदस्य चन्द्रशेखर पासवानले बताउनुभयो । उहाँले ४०-५० वर्षआगडि निर्माण भएको मन्दिरमा हाल आएर साहले मन्दिर परिसरको चारैतिर रहेको जमिनमा पर्खाल लगाएर कब्जा गर्न खोजेको जानकारी दिनुभयो । उहाँले पर्खाल भत्काउ वडा कार्यालयमा समेत आग्रह गरेको जानकारी दिनुभयो । ‘आफै आएर बाउण्डरी वाल भत्काउन भने छौं, उहाँले भन्नुभयो, यदि अनुरोधको बेवास्ता गरिए हामी आफै भत्काउन बाध्य हुनेछौंं ।’



















