नरेश गुप्ता

बरियारपुर,अबैधरुपमा नदी उत्खनन गर्ने एउटा टेक्टर र चालकलाई प्रहरीले जीतपुरसिमराबाट आइतवार नियन्त्रणमा लिइएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ दुधौरा खोलाबाट अबैधरुपमा गिटी, बालुवा उत्खनन गर्ने ना.६ ख.२७१६ नम्बरको टेक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

बालुवा लोड गरिरहेको अवस्थामा टेक्टर र चालकसमेतलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि प्रहरीले नियन्त्रणमा राखेको छ । त्यसैगरी बारा प्रहरीले अबैधरुपमा भन्सार छली गरि भारतबाट नेपालतर्फ ल्याइरहेको मालसामान सिम्रौनगढ नगरपालिका वडा नम्बर १ स्थित नमसागराबाट नियन्त्रणमा लिएको छ । भन्सार छली गरि टाउकोमा राखेर ल्याउदै गरेको अवस्थामा प्रहरीले करिब ३५ हजार मूल्य बराबरको गुटखा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । प्रहरीलाई देखेपछि गुटखा बोकर आएका मानिसहरु फरार भएका थिए ।

Leave a Reply