वीरगञ्ज,राम मन्दिरको उद्घाटन कार्यक्रममा सहभागी हुन वीरगञ्जका दर्शनार्थी र भक्तालुहरुको टोली भारतको अयोध्या प्रस्थान गरेको छ ।२२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरबाट पनि विभिन्न कोसेली अयोध्याय पठाउने तयारी भइरहेको छ ।भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने कार्यक्रम तय गरिएको छ । जहाँ भगवान रामको मामाघरबाट ३ हजार क्विन्टल चामल र ससुराली नेपालको जनकपुरधामबाट कपडा, फलफूलसहितका कोसेलीले भरिएका ११ सय थाल पठाइने छ ।
त्यसबाहेक भारतकै विभिन्न राज्यबाट पनि विभिन्न कोसेली राम मन्दिरको उद्घाटनका लागि पठाइने तयारी भइरहेको बताइएको छ ।भगवान रामको प्राण प्रतिष्ठाका दिन विशेष भोग लगाइने छ । जसका लागि उहाँको मामाघर भारतको छत्तिसगढबाट चामल र ससुरालीबाट फलफूल र ड्राइ फ्रुट्स पठाइने छ ।जनकपुरधामबाट पठाइने सामग्री ५ जनवरीमा अयोध्या पुग्ने छ भने जनकपुरधामबाट आभूषण, चाँदीका भाडाकुडा, ५१ प्रकारका मिठाई, दही, फलफूल लगायतका रहनेछन् ।राम मन्दिरको प्राण प्रतिष्ठा पछि भगवान रामको चरण पादुका पनि राखिनेछ । अहिले भारतको विभिन्न राज्यमा उक्त पादुकाको परिक्रमा गराइँदैछ । १९ जनवरीका दिन पादुका अयोध्याय पुग्नेछ । भगवान रामको पादुका हैदरावादका श्रीचल्ला श्रीनिवास शास्त्रीले बनाउनुभएको हो ।


















