निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ को सिंगौलमा रोगको कारणले नभएर विषाक्त आहार सेवानले पशु मरेको निजगढ नगरपालिका पशुसेवा शाखा प्रमुख नवलकिशोर सिंहले जानकारी दिनुभएको छ ।अज्ञात रोगले सिंगौलमा किसानले पालेको पशु मर्न थालेको भनेर विभन्न संचारमाध्यममा समाचार सार्वजनिक भएपछि शाखा प्रमुख सिंहले समाचारको खण्डन गर्दै सो कुराको जानकारी दिनुभएको हो ।‘रोगले पशु मरेको होइनन, सिंहले भन्नुभयो, पछिल्लो पटक सिंगौलमा विषाक्त आहार सेवनले पशु मरेको हो ।’ उहाँले केराबारीबाट ल्याएको घाँस खाएको एउटा गाई मरेको पनि जानकारी दिनुभयो । ‘केराबारीमा भर्खरैमात्र विषाधिको प्रयोग गरिएको थियो, उहाँले भन्नुभयो, सोही विषाधियुक्त घाँस ल्याएर दिएपछि पशु परेका हुन ।’सिंगौलमा सरकारी पशु सेवा चिकित्सक उपलब्ध नभएको र समयमा रोग विरुद्धको भ्याक्सिन नलगाइएको भन्ने समाचारमा पनि सत्यता नभएको बताउनुभएको छ । उहाँले किसानले पालेका सबै पशुलाई भ्युगुते र चर्चरे रोग विरुद्ध भ्याक्सिन दिइएको र लम्पिस्किन विरुद्ध पनि करिव १ हजार ५ सय गाईलाई भ्याक्सिन दिइसकिएको जानकारी दिनुभयो । उहाँले किसानको माग अनुसार लम्पिस्किन विरुद्धको भ्याक्सिन उपलब्ध गारइएको पनि जानकारी दिनुभयो ।

Leave a Reply