चन्द्रपुर,(रौतहट) ,चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् ।नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहँु ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको आवतजावत हुन्छ । उनीहरुलाई शौच गर्न निकै समस्या पर्दै आएको छ । चन्द्रनिगाहपुरको मुख्य चोक क्षेत्र पूर्व–पश्चिम राजमार्ग भएर चल्ने बसका यात्रु तथा मालबाहक ट्रक चालकका लागि खाना खानेस्थलका रूपमा चिनिन्छ । जिल्लामा नमुनाको रूपमा यसअघिका नगरप्रमुख रामचन्द्र चौधरीका पालामा रु १० लाखको लागतमा शौचालय ल्याइएको थियो । ती शौचालय अहिले पनि शहीद पार्क र नगरपालिका कार्यालय परिसरमा त्यतिकै थन्किएका छन् । अहिले ती शौचालयका सञ्चालन नहुँदा सबै महत्वपूर्ण सामान काम नलाग्ने भइसकेका छन् । नगरपालिकाकै मुटु मानिने वडा नं ४को मुख्य चोकमा सार्वजनिक शौचालय बनाउन जमिन अभाव भएकाले नगरपालिकाले दुईवटा घुम्ती शौचालय खरिद अधिक भीड हुने यहाँको दुई स्थानमा सञ्चालमा ल्याउन खोजेको थियो ।
कोरोना सङ्क्रमणको महामारीका बेला एउटा चाँदी खोला छेउको शहीद पार्कमा लगिएको र अर्कोलाई चोकमा राखिएको थियो । नगरपालिका घोषणा नहुँदै तत्कालीन चन्द्रनिगाहपुर गाविसले चोकको दक्षिण क्षेत्रमा बग्ने पैनीमा शौचालय भवन निर्माण गर्न थालेको थियो । उतिबेला शौचालय बनाउने ठाउँका विषयमा ठूलै विवाद भएपछि सार्वजनिक शौचालय बन्न नसकेको स्थानीय समाजसेवी राजु तिवारीले बताउनुभयो । उहाँका अनुसार त्यसपछि यस क्षेत्रमा शौचालय निर्माणका लागि कसैले पनि पहल गरेनन् । नगरपालिकाले चोकको पश्चिमतर्फ जङ्गल छेउमा सार्वजनिक शौचालय बनाएको भए पनि त्योसमेत प्रयोगविहीन छ । अहिले पनि चोकमा मानिस शौच गर्न नपाएर छटपटाउने गरेको देखिन्छ । पैदलयात्री शौचालय खोज्दै होटल जान बाध्य भए पनि उनीहरुलाई होटल सञ्चालकले शौच गर्न दिँदैनन् । घुम्ती शौचालय चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीयवासीको जोड छ । नगरपालिकाले लाखौँ लगानीमा ल्याएको त्यस्ता घुम्ती शौचालय व्यवस्थापन र सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती हुँदै आए पनि नगरपालिकाको ध्यान जानसकेको छै्न । घुम्ती शौचालय सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले बताउनुभयो । शौचालयका केही पाटपुर्जामा समस्या देखिएको जनाउँदै उहाँले घुम्ती शौचालय सानो र साँघुरोसमेत रहेको जनाउँदै चाँडै नै ‘मोडिफाइर्’ गरी सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
बारागढीको बजेट ३८ करोड ३८ लाख ८५ हजार २ सय

दिपेन्द्र जयसवाल

बाराको बारागढी गाउँपालिकाको गाउँसभाको तेस्रो अधिवेशनमा आर्थिक वर्ष २०८०÷०८१ लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको छ ।गाउँपालिकाको अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको गाउँसभामा आर्थिक वर्ष २०८०÷०८१ लागि नीति, कार्यक्रम तथा बजेट गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायको अनुमतिमा वडा नम्बर ३ का वडा अध्यक्ष उमेशप्रसाद साहले कूल अनुमानित ३८ करोड ३८ लाख ८५ हजार २ सय रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।सो गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत कमलेशकुमार मिश्र, वडा नं. १ को वडा अध्यक्ष सुरेशप्रसाद चौधरी, वडा नं.२ का वडा अध्यक्ष जोगिन्द्र साह कलवार, वडा नं.४ का वडा अध्यक्ष पन्नालाल साह तेली, वडा नं. ५ को वडा अध्यक्ष मनेजर चौधरी, वडा नं. ६ को वडा अध्यक्ष निरजकुमार साह, सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, लेखा अधिकृत अजय चौधरी, गाउँपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू, कर्मचारीहरू, गाउँकार्यपालिका सदस्यहरू, सबै वडाका वडा सदस्यहरूलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख जलमती चौधरीको रहेको थियो ।

देवताल गाउँपालिकाको बजेट ३१ करोड ७ लाख
धिरेन्द्र तिवारी

कलैया,बाराको देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३१ करोड ७ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष उदयप्रसाद यादवले १०औं गाउँ सभा र आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रममार्फत ३१ करोड ७ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।गाउँपालिकाको आन्तरिक आम्दानीबाट गत वर्षको आल्यबाहेक अनुमानित २५ लाख २५ हजार रुपैयाँ प्रस्तुत गरिएको छ ।बजेटमा संघीय सरकारबाट वित्तीय अनुदानतर्फ ९ करोड ३३ लाख रुपैयाँ र प्रदेश सरकारबाट वित्तीय अनुदान ६५ लाख २९ हजार रुपैयाँ छ । संघीय सरकारको सशर्त अनुदान ११ करोड ३३ लाख रुपैयाँ छ ।संघीय सरकारबाट राजश्व बाडफाडबाट प्राप्त हुने ७ करोड १४ हजार ३०० रुपैयाँ र समपुरक अनुदानतर्फ ८० लाख रुपैयाँ छ । प्रदेश सरकारबाट समपुरक अनुदान २० लाख रुपैयाँ र संघीय सरकारबाट विशेष अनुदान १ करोड २० लाखरुपैयाँर प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख रुपैयाँ छ ।गाउँपालिकाले चालू खर्चतर्फ १८ करोड ८८ लाख ९३ हजार ३०० रुपैयाँ विनियोजन गरेको छ । पूँजीगत खर्चतर्फ १२ करोड १८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी क्षेत्रगत रूपमा आर्थिक विकासतर्फ ९ करोड १० लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ ३ करोड ९३ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धि ९५ लाख रुपैयाँ, सामाजिक विकास तर्फ १० लाख ५५ हजार रुपैयाँ, कार्यालय संचालन तथा प्राशासनिक खर्चतर्फ ६ करोड ५४ लाख ४३ हजार ३०० रुपैयाँ विनियोजन गरिएको छ । ।

Leave a Reply