मल र कृषकबीचको समबन्ध यसै पनि हुन्छ । कृषि कर्मका लागि मल नभइ नहुने कुरा हो । नेपाल कृषि प्रधान देश भनिन्छ तर मलका लागि कृषकहरुले सधै हाहाकार भोग्नु पर्ने अवस्था छ । नेपालमा मलको प्रयोग गर्ने सिजन सुरु भएपछि वर्षेनी अभाव हुने गरेको छ । अझै खास मल चाहिने समयमा मल अभाव हुँदा उत्पादनमा समेत गिरावट आउँदा मुलुकको कुल ग्राहस्थ उत्पादनमा समेत गिराहवट हुदै आएको छ ।

मुलुककै अन्न भण्डारका रुपमा रहेका बारा र पर्साका नागरिकहरुले समेत सहज रुपमा मल पाएका छैनन् । हुन त देशका सबै कृषकहरुले समान रुपमा मल पाउनुपर्छ तर बारा र पर्सा भनेको मल आयात हुने नाका पनि हुन् । तै पनि मलको अभावले खेतीमा असर गर्ने गरेको छ । मल अभावको समस्याले ग्रस्त बनाए पनि वीरगन्जका मेयर राजेशमान सिंह नै सडकमा उत्रिए ।

उनी स्थानीय सरकार प्रमुख हुन् । उनले वीरगन्ज महानगरपालिकाको बिषयमा बढी चिन्ता गरे पनि सबैको हितमा ध्यान दिनु पर्दछ । मेयरको यही सकृयताका कारण पनि मल वितरणमा सहज हुने कुरामा सहमति पनि भएको छ । तर जे भएपनि मलमा संधै छल हुदै आएको छ । यो अवस्थाको बेलैमा अन्त्य हुन किन सकेको छैन ? यो प्रश्न अहिले जनजनको मनमा छ ।

नेपालमा सरकारको नेतृत्व सम्हालेका र विपक्षी दलका नेताहरुले समेत हिजोआज सम्बृद्धिको कुरा धेरै उछाल्ने गरेका छन । तर कृषि कर्ममा अतिआवश्यक पर्ने मलको आपूर्ति गर्न नसक्नेहरुले सम्बृद्धिको गफ दिएको सुहाउदैन । वास्तावमा नेपाल र नेपालीको सम्बृद्धि चाहने हो भने सबैभन्दा पहिले देशको खाद्यान्न उत्पादनमा अतिआवश्यक रसायनिक मलको आपूर्ति तत्काल सहज सर्वसुलभ बनाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here