जियालाल चौधरी
कोल्हबी,बाराको बाराको कोल्हबी नगरपालिका नागरिक सुनवाइ कार्यक्रम आयोजना गरिएको छ ।ईलाका प्रहरी कार्यालय कोल्हबीको आयोजनामा सोमवार एक समारोहकाबीच कोल्हबी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयको प्राङ्गणमा नागरिक सुनवाइ कार्यक्रम आयोजना गरिएको हो ।ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारीको अध्यक्ष्ता र कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पस सभाका अध्यक्ष केबलप्रसाद चौधरी, माओवादी केन्द्र कोल्हबी नगरका नगर अध्यक्ष रामचन्द्र प्यासी, महेश साह, कालिका भण्डारी लगायतले आफ्नो धारण राखेका थिए ।कार्यक्रममा बोल्दै कोल्हबी नगरपालिकाका नगर प्रमुख चौधरीले कोल्हबी नगरपालिकाका हरेक वडामा केही चिजको कमी नहुने र हरेक घर घरमा शौचालयको व्यवस्था गराउने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख अधिकारीले चोरी, तस्करी, महिला हिंसा अन्त गर्ने र शान्ति सुरक्षामा कडाइ गर्ने बताउनुभएको थियो ।नागरिक सुनवाइ कार्यक्रममा कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरन चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष नन्दकिशोर चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष गोपाल अधिकारी, सशस्त्र बेस क्याम्प कोल्हबीका प्रमुख उमेश पौडेल, हरिनारायण चौधरी, स्थानीय समाजसेवी, व्यावसायीसहित करिब ३ सय ५० जनाको उपस्थिति थियो ।

Leave a Reply