काठमाण्डौ – शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् । पीडित केन्द्रित कानुन बनाउने कुरामा सरकार तयार भएकाले शीर्ष नेताहरू सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनेतर्फ सकारात्मक देखिएका हुन् ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बन्ने सहमति शीर्ष नेताहरूमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा विधेयक संसदमा प्रस्तुत हुने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन कसरी अघि बढ्न सकिन्छ भनेर विशेषगरी तीन दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरूको छलफल भयो । पीडितमैत्री कानुन बनाउने हो भने विधेयक तत्काल अघि बढोस् भन्नेमा नेताहरू सकारात्मक देखिनुभएको छ । आउँदो हिउँदे अधिवेशनमा विधेयक संसदमा लैजाने बैठकको निष्कर्ष छ ।’सचेतक बर्तौलाले आउने संसदमा विधेयक प्रस्तुत गर्नका लागि शीर्ष नेताहरू एकजुट भई संवादमार्फत विषय टुङ्ग्याउने कुरा राम्रो भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here