कलैया,बारा प्रहरीले एक करोड रुपैयाँभन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्म विभिन्न मितिमा भन्सार छलीको १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको अवैध प्याज नियन्त्रणमा लिएको हो ।बारा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार नियन्त्रणमा लिएको प्याजलाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय पथलैया बारा बुझाइएको छ ।

Leave a Reply