सिम्रौनगढ,सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिकाको वडा नम्बर ७ स्थित बैनौलीको त्रिवेणी घाटबाट आइतबार बिहान १० केजी लागू औषध गाँजा बरामद गरेको छ । प्रहरीले भारततर्फ लैजादै गरेको अवस्थमा सो गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख उपरीक्षक रबिन राजकर्णका अनुसार विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर पोस्ट बैनौलीका निरीक्षक सागर मल्लको कमाण्डमा खटिएको टोलीले १० केजी लागू औषध गाँजा बरामद गरिएको जानकारी दिनुभयो । प्रहरी टोलीलाई देख्ने बित्तिकै गाँजा फ्याकेर तस्करहरु भारततर्फ फरार भएको प्रहरीले बताएको छ । प्रहरीले गाँजा नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यलय सिम्रौनगढको जिम्मा लगाइएको जानकारी दिनुभयो ।