बिगत ३ हप्ता देखि मधेसको जिल्लाहरुमा बढ्दै गएको शितलहर , ठन्डाको कारण  बाराको विभिन्न  स्थानीयतहको बिधालयहरुको पठनपाठन  ठप्प  भएका छन ।  बढ्दै शितलहर र चिसोको कारण बाराको महागढीमाई  नगरपालिका , परवानिपुर गांउपालिका , कलैया उपमहानगरपालिका लगायतको स्थानिय तहमा रहेको सामुदायिक  बिधालयहरुको पठनपाठन  ठप्प गरिएको  छन ।

 

 

 

 

महागढीमाई शिक्षा शाखाले आईतवार देखि  पुस १६ गते सम्म नगर भित्रका  बिधालयहरु बन्द रहने   सार्वजनिक सूचना मार्फत जनाईएको छ । त्यसैगरी कलैया उपमहानगरपालिकाको उप सचिव प्रहलाद बर्णावालले  पुस १३ देखि १६ गते सम्म शितलहर बाट प्रभावित रहेका सम्पुर्ण  नगर भित्रका बिधालयहरु ठप्प भएको बताउनु भयो । अत्यन्तै  चिसो बढ्दै गएकोले  बिदा दिनु स्वभाविक हो तर महागढीमाई नगर क्षेत्रमा  गढीमाई मेला बिदा १ महिना , त्यसपछी जाडो बिदा र पुन : जाडो बिदा मिलाईएको हो ।

 

 

 

 

 

 

बाराको महागढीमाई क्षेत्रमा  रहेको एक मात्र नमुना बिधालय गढीमाई महेन्द्र  प्राबिधिक  बिधालयमा अध्यनरत  बिद्यार्थीहरुलाई सबैभन्दा बढी बिदाले  प्रभावित बनेको कक्षा ९ मा पढ्दै गरेकी पुजा गुप्ताले बताईन । बिदा  भएपछि  बिद्यार्थीहरु स्थानिय कोचिङ्ग सेन्टरको भरमा रहेको उनले बताईन । बिधालयको बिदा स्थानीय  बिदामा कटौती गर्ने गढीमाइ महेन्द्र  प्राविधिक नमुना  बिधालयको प्रधानाध्यापक  रामएकबाल साहले बताए । मधेसको जिल्ला  बढ्दै गएकी शितलहर र चिसो कारण  बाराको विभिन्न  स्थानीय  तहको बिधालयहरुको पठनपाठन  ठप्प भएपछी बिद्यार्थीहरु अन्यौलमा परेका छन । 

Leave a Reply