निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामासहित वडा समितिका सदस्यहरुले बुधवार नेत्रोदय माध्यमिक विद्यालय र शक्तेश्वर शिवशक्ति आधारभूत विद्यालयको अनुगमन गरेका छन ।अध्यक्ष लामासहित वडा सदस्य दिलबहादुर पुलामी मगर, भगवती घिमिरे, कविता लामा र सुभद्रा विकको टोलीले विद्यालयहरुको छडके अनुगमन गरेको हो । अनुगमनको क्रममा विद्यालयहरुमा पठनपाठन कार्य नियमित रुपमा संचालन भइरहेको तर पूर्वाधार तथा अन्य भौतिक सुविधाको अभाव पाइएको वडा अध्यक्ष टेकबहादुर लामाले बताउनुभयो । उहाँले गर्मीको समयमा कक्षा कोठाहरुमा पर्याप्त पंखा नहुदा विद्यार्थीहरुले आफूसंग गुनासो गरेको पनि सुनाउनुभयो ।हाल नगर क्षेत्रमा देखापरेको आँखा पाक्ने रोगका कारण विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिति पनि कम पाइएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।निजगढ नगरपालिका वडा नम्बर ७ वडा समितिले शिक्षाको गुणस्तर अभिवृद्धको लागि वडाभित्र रहेका विद्यालयहरुको नियमित रुपमा अनुगमन गर्दैआएको छ ।

 

Leave a Reply