आर.के. चौधरी
सखुवाप्रसौनी,मधेस प्रदेशको पर्सा राष्ट्रिय निकुञ्जको चारकोसे झारी जङ्गलमा अवस्थित दुधेश्वरनाथ बाबा भाटा मेलामा मंगलवार तेरशको जल चढाउने श्रद्धालुहरुको भीड लागेको छ ।नेपाल र भारतका विभिन्न स्थानबाट हजारौंको संख्यामा आएका भक्तजनहरुले दुधेश्वरनाथ बाबा भाटाको मन्दिरमा जल चढाएका हुन । भारतको बिहार लगायतका स्थानबाट आएका भक्तजनहरुले मन्दिरमा अष्टयाय र पूजा पाठ गरेका छन ।झारकोशे झाडीको जङ्गलमा रहेको भाटा धाम मेला वर्षको ३ पटकसम्म लाग्ने गर्दछ । जसअनुसार वर्षको पहिलो महिना बैशाख, श्रावण र फागुन महिनामा मेला लाग्ने गरेको हो । श्रावण महिनामा लाग्ने मेला भने एक महिना भरि लाग्ने गरेको छ ।

Leave a Reply