धिरेन्द्र तिवारी

कलैया ,प्रादेशिक अस्पताल कलैयाको स्टोर कक्षमा भएको तालाबन्दी आइतवार साँझबाट खुलेको छ ।अस्पताल प्रशासन र विकास समितिका पदाधिकारीहरुबीच भएको छलफलमा स्टोर सहायक मनोज यादवको शाखा परिवर्तन गर्ने सहमति भएपछि तालाबन्दी खुलेको हो । यादवलाई असार मसान्तसम्म स्टोरमा काम गर्न दिने र श्रावण १ गतेदेखि अस्पतालको ईमर्जेन्सी फाँटमा खटाइने भएको छ । यादवको शाखा परिवर्तन गर्ने सहमतिपछि ताल्चा खोलिएको हो । सहमति अनुसार श्रावण १ गतेदेखि ल्यब फाँटका प्रमुख रमेश यादवलाई स्टोर सहायकको जिम्मेवारी दिन लागिएको अस्पताल प्रशासनले जानकारी गराएको छ ।स्टोर सहायक यादवले स्टोरको आम्दानी हिनामिना गरेको र विगत केही वर्षदेखिको हिसावकिताब नबुझाएको भन्दै अस्पतालका कर्मचारीहरुले स्टोरमा शनिवार दिउसोबाट तालाबन्दी गरेका थिए । अस्पताल विकास समितिले यादवसंग पटकपटक स्टोरको हिसाब माग गर्दैआएको भएपनि उनले हिसाव बुझाउन आनाकानी गर्दैआएका थिए ।



















