निजगढ,निजगढ नगरपालिकामा मंगलवार एकैदिन ४ वटा वडामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । मेयर सुरेशकुमार खनाल, उपमेयर लिलादेबी लामिछाने र प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले वडा नम्बर २, ३, १२ र १३ नम्बरमा निर्माण गरिएको वडा कार्यालय भवनको संयुक्तरुपमा उद्घाटन गरेका हुन ।

वडा कार्यालय भवनहरुको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर खनालले नगरपालिकाले स्थानीय नागरिकहरुलाई सहज ढङ्गले सेवा सुविधा उपलब्ध गराउन वडा कार्यालहरुको निर्माण गरिएको बताउनुभयो ।

नगरपालिकाले हाल ७ वटा वडा कार्यालयहरु आफ्नै कार्यालय भवनबाट सन्चालन गरिरहेको र थप ६ वटा वडा कार्यालहरुको निर्माण कार्यअघि बढेको सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख लामिछने खनालले जनप्रतिनिधिको हैसियतमा नागरिकप्रतिको दायित्व पूरा गर्न वडा कार्यालय भवन निर्माण कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । त्यस्तै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सुमनकुमार कार्कीले नगरपालिकाले प्रशासनिक सेवा सुविधालाई विस्तार गर्न वडा कार्यालयहरुको ठुलो महत्व रहेको बताउनुहुँदै नगरपालिकाको १३ वटै वडा कार्यालय निर्माण कार्यलाई तिव्रता दिने बताउनुभयो ।

भवन उद्धघाटन कार्यक्रममा वडा अध्यक्षहरुलगायत अन्य जनप्रतिनिधि, स्थानीयबासिन्दा र नगरपालिकाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

कोरियन प्रीफ्याब प्रविधिको भुकम्प प्रतिरोधि र वातावरणमैत्री सो भवन प्रतिभवन ३० लाख रुपैयाको लागिमा निर्माण गरिएको निजगढ नगरपालिकाका सूचना अधिकृत रबिन घिमिरेले बताउनुभयो ।

Leave a Reply