निजगढ,सरकारले भूमि आयोग बारा जिल्ला अध्यक्षमा भरतबहादुर घलेलाई नियुक्त गरेको छ । आयोग पर्सा जिल्लाकोे अध्यक्षमा भने तबरेज अहमद नियुक्त हुनुभएको छ ।नेकपा एमालेका जिल्ला कमिटी पूर्व सदस्य घले बाराको साविक अमलेखगंज गाविसका पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।
सरकारले सत्तारुढ नेकपा एमाले, नेपाली काँग्रेस र मधेसवादी दललाई भागबन्डा गरेर ७१ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको हो । गठबन्धन सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले ३५–३५ वटा जिल्ला र सात वटा जिल्लामा मधेस केन्द्रित दललाई भाग दिइएको छ ।यसैबीच भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई सोमवार साँझ शपथ गराउनुभएको छ । शपथ कार्यक्रममा मन्त्री अधिकारीले अब बन्ने भूमि समस्या समाधान आयोगले जग्गासम्बन्धी सबै समस्याहरूको अन्त्य गर्ने दाबी गर्नुभयो ।