राजन कुमार बानिया
पोखरिया,पोखरिया नगरपालिकाको वडा नम्बर ६ सिरिसिया सेडाफिल्डमा भईरहेको टि २० पाँचौ मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार भएको दोस्रो सेमिफाइन खेलमा पर्साको कालिकामाई गाउँपालिकाले बिन्दवासिनी गाउँपालिकालाई हराएको छ ।जितसंगै कालिकामाई गाउँपालिका प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिलो व्याटिङ गरेको बिन्दवासिनी क्रिकेट क्लबले १९.४ ओभर खेल्दै अल बिकेट गुमाएर १५६ रन बनाएको थियो भने त्यसपछि १५७ रनको लक्ष्यसहित जवाफी व्याटीङमा उत्रेको कालिकामाई क्रिकेट क्लबले १७.५ ओभर मै ६ बिकेटको नोक्सानीमा लक्ष्य पुरा गरि जित हासिल गरेको हो ।मंगलवारको खेलको म्यान अफ दी म्याच २० बलमा ४६ रन बनाएका कालिकामाई कै क्याप्टन अर्जुन शर्मा घोषित भएका छन । प्रतियोगिताको फाइनल खेल शनिवार कालिकामाई र पोखरिया नगरपालिका बीच हुने आयोजकले जनाएको छ ।कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्टकुमार गुप्ताले जितको खुसीमा खेलाडीहरुलाई शुभकामना तथा बधाई दिदै आफू कालिकामाई गाउँपालिकाका युवा खेलाडीहरुको साथमा रहेको बताउनुभएको छ । उहाँले पालिकामा खेल क्षेत्रको विकास गर्न आफूसधै लागि पर्ने पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here