निजगढ,२०८ औँ भानु जयन्तीको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ५ स्थित श्री सार्वजनिक माध्यमिक विद्यालय निजगढले विद्यालयका छात्रछात्राबीच आयोजना गरेको अनलाइन कविता प्रतियोगितामा निराजन सन्जेल प्रथम हुनुभएको छ । यस्तै एलिश गौतम र प्रत्युष बन्जरा द्वितीय, प्रदीप खुलाल तृतीय हुनुभएको छ । सरिष्मा चौलागाईंलाई प्रोत्साहन पुरस्कार र आरती अधिकारी तथा.मोनिका खतिवडालाई सान्त्वना पुरस्कारबाट पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

आदि कवि भानुभक्त आचार्यको जयन्तीको अवसरमा विद्यालयले असार २९ गते अनलाइन कविता प्रतियोगिताको आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here