सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनबाट प्रहरीले अवैध हतियार सहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले महुवनका ६० वर्षिय रामबाबुप्रसाद कलवारलाई एकथान एयरगनसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान कलवारको घर खानतलासी गर्ने क्रममा कलवारको सुत्ने कोठाभित्र लुकाइ छिपाई राखिएको एकथान एयर गन बरामद भएको हो ।

बरामद हतियार सहित कलवारलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

यस्तै रौतहटबाट पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले सिक्सर पेस्तोलसहित मौलापुर नगरपालिका–५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपी ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply