वीरगन्ज,वीरगन्जमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका वीरगन्ज वडा नम्बर ६ का ६० बर्षका पुरुषको आज बिहान साढे नौ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । बैशाख २ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बैशाख ३ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । विभिन्न रोगका कारण शारिरिक अस्वस्थ रहेका उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पतालमा भर्ना गराई उपचार भईरहेको थियो । कडा खालको निमोनिया समेत देखिएको उनको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर दासले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here