रौतहट,रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह मंगलवार घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले करारमा कार्यरत सिंहलाई मङ्गलबार दिउँसो ५० हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।प्रहरी नायव उपरीक्षक राजिव श्रेष्ठको कमाण्डमा खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्दा उनको साथबाट घुसवापतको उक्त नगद र एउटा मोबाइल फोनसमेत बरामद गरिएको जनाइएको छ । पक्राउ परेका सिंहमाथि अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।अख्तियारको टोलीले घटनाको स्थलगत मुचुल्का उठाएर पक्राउ परेका सिंहसँग बयान गराउने कार्य कार्य गरेको गौर नगरपालिका– १ का वडा अध्यक्ष लालबाबु चौधरीले बताउनुभयो ।

Leave a Reply