सिमरा,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ स्थित थलही पुलमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाईते भएका छन् ।पचरौता नगरपालिका वडा नम्बर ९ कुरवाबाट कलैयातर्फ जादै गरेको बा ८४ प ५६४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएर दुघटना हुँदा सोही ठाँउका २२ वषीय रामनिवास प्रसाद यादवको मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकलमा सवार सिम्रौनगढ वडा नम्बर ८ का शिवचन्द्रप्रसाद यादव र सिम्रौनगढ वडा नम्बर ४ का अध्यानन्द यादव घाइते भएका छन् । घाइतेमध्ये शिवचन्द्रको अवस्था गम्भीर रहेको छ । मोटरसाइकलमा तीन जना सवार रहेका थिए ।

















