सिमरा,बाराको परवानीपुरमा आइतवार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पैदल यात्रीसहित चारजना घाइते भएका छन् ।घाइते हुनेमा पैदल यात्री वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का ४५ वर्षीय राजदेव महतो र सोही ठाउँ बस्ने वर्ष ४६ का मजिद मियाँ रहेका छन् ।यसैगरी मोटरसाईकल चालक जीतपुरसिमरा उपमहानगरापालिका वडा नम्बर २४ हरपुरका अजहर अन्सारी र मोटरसाइकलको पछाडि बस्ने मुन्ना देवान रहेका छन् ।वीरगञ्जबाट सिमरातर्फ आउदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई पछाडिबाट ठक्कर दिँदा उनीहरु घाईते भएका थिए । घाईतेहरुलाई उपचारका लागि वीरगञ्जको नेपाल मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

















