निजगढ,नेकपा एमाले निकट नेपाल खेलकुद महासङले माघको पहिलो हप्ताबाट सिमरामा मदन–आश्रित स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।महासघको जीतपुरसिमरा उपमहानगरमा सिमरामा शुक्रवार सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो ।नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पौडेलले खेल क्षेत्रको विकासको लागि प्रदेश सरकार र स्थानीय तहले कुल बजेटको १ प्रतिशत बजेट छुट्याउन माग गर्नुभयो । उहाँले स्थानीय तहले एक पालिका एक खेलमैदान, एक स्पोर्ट एकेडेमी र एक कबड हलको कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।सचिव पौडेलले खेलाडीको प्रोहत्साहनका लागि खेलाडी भत्ताको व्यवस्था गर्न पनि स्थानीय सरकारसग माग गर्नुभएको छ । सिमरामा राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएमा खेल क्षेत्रमा जीतपुरसिमराको नयाँ पहिचान कायम हुने दाबी पनि पौडेलले गर्नुभयो ।जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष सोमलाल बोम्जनको अध्यक्षतामा, रबिन्द्र खकुरेलको सहजीकरण र गणेश थपलियाको स्वागतमा सम्पन्न भेलामा एमाले प्रदेश कमिटीका सदस्य कमलेश झा, खेलकुद महासंघ प्रदेश उपाध्यक्ष सम्झना राई, युवा सघका नगर अध्यक्ष आरीफ हुसैन, सेराजुल अन्सारी, मानव खनाल, आयुष न्यौपाने लगायतले प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने तयारीका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply