कृपा संंवाददाता
मनहर्वा , ३० कार्तिक । सिम्रौनगढ नगरपालिका–७, सतुआही नाकामा गएराती स्थानियसँग झडप हुँदा दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् । तस्करीको छोकडा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीय बिच झडप भएको हो । घाईते हुनेहरुमा सशस्त्र प्रहरी बल १२ नम्बर गणमा कार्यरत अमोद यादव र श्याम चौधरी रहेको प्रहरीले जनाएको छ । घाईते दुबैको जिल्ला अस्पताल कलैयमा उपचार भैरहेको र अवस्था समान्य रहेको गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिए ।
झडपका क्रममा सशस्त्र प्रहरीले दश राउन्ड हवाई फायर गरेको छ । अवैध रुपमा भारततर्फ लैजाँदै गरेको छोकडा बरामद गर्ने क्रममा झडप भएको हो । सशस्त्र प्रहरीले बरामद गरेको छोकडा सतुआही स्थीत पर्सा टोलका स्थानीयले खोसेपछि झडपको स्थिति सिर्जना भएको थियो । सशस्त्र प्रहरीको टोली माथी आक्रमण हुन थालेपछी हवाई फायर गर्नु परेको हो । झडपमा हवाई फायर गरी भिड तर्साउने मात्रै काम गरीएको हुँदा स्थानिय कोही कसैलाई केही नभएको उपरिक्षक थापाले जानकारी दिए । अहिले अवस्था सामान्य रहेको उनले बताए ।