कृष्ण मोहन साह

सेढवा – पर्साको ठोरी नाकाबाट भारतीय कपडाको तस्करी हुने क्रम फेरि बढेको छ । ०७२/०७३ मा मधेस आन्दोलनका क्रममा ठोरी नाकाबाट इन्धनका साथै भारतीय कपडाको पनि व्यापक तस्करी भएपछि प्रहरी र राजश्व कार्यालयले कडाइ गर्दा रोकिएको कपडाको तस्करी अहिले फेरि व्यापक मात्रामा भइरहेको स्थानीयवासीले बताएका छन् । कारोबारीहरुले भारतको रक्सौल , बेतिया , नरकटियागन्ज लगायतका बजारबाट खरिद गरेको कपडा ठोरी नाका हुदै अवधै रुपमा भित्रयाएर चितवनको माडी , नारायणगढ , पोखरा र काठमाण्डौ सम्म पुरयाउने गरेका छन् ।

 

 

 

भारतबाट राजश्व छलेर ल्याइएको भारतीय कपडा ठोरीबाट चल्ने यात्रुवाहक बसमा राखेर विभिन्न शहरमा कारोबारीहरुले पुरयाउने गरेका हुन् । ठोरीमा रहेका छोटी भन्सार कार्यालय , सशस्त्र प्रहरी बेस क्याम्प ठोरि र इलाका प्रहरी कार्यालयका ठोरिका कर्मचारी र सुरक्षाकर्मीहरुको मिलोमतोमै कारोबारीहरुले भारतीय कपडाको तस्करी गर्दै आएको स्थानीयवासीले बताएका छन् । ठोरी छोटी भन्सार कार्यालयले घरायसी प्रयोजनका लागि ल्याइने पाच हजार मुल्य बराबरको सामानको मात्र भन्सार प्रज्ञापनपत्र काट्ने गरेको छ ।

 

 

 

 

 

तर कारोबारीहरुले भन्सारका कर्मचारी र प्रहरीको मिलोमतोमा एकै पटकमा लाखौ रुपैया मुल्य बराबरको कपडा अवैध रुपमा भित्रयाउदै आएको स्थानीयवासीले बताएका छन् । यसैबिच पर्साको सुवर्णपुरबाट काठमाडौको लागि चल्ने रात्री बसमा पनि चिनी , कपडाको तस्करी भैरहेको स्थानीयले बताएका छ्न् । तस्करीमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुर र ईलाका प्रहरी कार्यालय ठोरीको सुरक्षाकर्मिले खुल्याम रुपले तस्करसँग मिलेर आफै सो समानहरु बसमा सेटिङ गर्ने गरेको स्थानीयले जनाएका छ्न् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here