जीतपुर,नविल बैंक लिमिटेडको १ सय ४२ औँ शाखा बाराको जितपुरमा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाका निर्देशक राजन देव भट्टराईले बिहिवार एक कार्यक्रमकाबीच जीतपुर शाखाको उद्घाटन गर्नुभएको हो ।

नविल बैंक लिमिटेड ब्यवस्थापक कमिटीका सदस्य तथा बैंकका प्रमुख सञ्चालन अधिकृत गणेशप्रसाद अवस्थिको सभाध्यक्षतामा कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अवस्थिले नबिल बैंकको सेवाग्राहीले घरमै बसेर मोवाइलबाटै सबै प्रकारका बैंकिङ्ग कारोवार गर्न सकिने जानकारी दिनुभयो ।

नेपालमा बैंकिङ्ग कारोवारलाई डिजिटलाइज गराउने बैंक मध्येको पहिलो बैंक नविल भएको बताउँदै उहाँले अब बैंक धाउने बाध्यकारी अवस्था नरहेको बताउनुभयो । खाता खोल्नदेखि लिएर बैंक ग्यारेन्टी बनाउने, एलसी खोल्ने, पैसा ट्रान्सफर गर्ने लगायतका सेवाहरु अनलाइनमार्फत घरैबाट गर्न सकिने अवस्थिको भनाइ छ ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले बैंकहरुले बढाएको चर्को ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको गुनासो गर्नुभयो । बैंकहरुले कृषिजन्य उत्पादनमा लगानी नगर्दा निर्यातमा बृद्धि हुने गरेको बताउँदै उहाँले उत्पादनको क्षेत्रमा लगानी गर्ने वातावरणको सृजना गर्नुपर्नेमा साहले जोड दिनुभएको छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण सिमराका प्रमुख रामु कुमार श्रेष्ठ, नबिल बैंक लिमिटेड मधेश प्रदेशका प्रमुख दिपक कुमार श्रेष्ठ, बैंकका मधेश प्रदेश अन्तरगत गढीमाई कलस्टरका कलस्टर प्रमुख नितिन नन्दवाना, जितपुर नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लगायतको उपस्थिति रहेको नविल बैंक पावरहाउस शाखाका प्रबन्धक सन्तोष साहले जानकारी दिनुभयो ।

साहका अनुसार जीतपुर सहित नेपालभर नबिल बैंकका १ सय ४२ वटा शाखा विस्तार भइसकेका छन् भने १ सय ८७ वटा एटिएम रहेका छन् । जस मध्ये मधेश प्रदेशमा १५ वटा शाखा स्थापित छन् । आगामी दिनमा बैंकको पहुँच नपुगेका क्षेत्रमा पनि शाखा बिस्तार गर्ने लक्ष्य बैंकले लिएको छ ।

जीतपुर शाखाका प्रबन्धक सुमित टिब्रेवालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण पावरहाउस शाखाकी नम्रता प्रधानले गर्नुभएको थियो ।

Leave a Reply