नरेश गुप्ता
बरियारपुर – विभिन्न मुद्दामा कैद , जरिवानाको लागि फरार रहेका ६ जना फरार प्रतिबादिलाई बारा प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यन्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको फैसला आदेशले भवितव्यं ज्यान , कुटपिट , बन र जालसाजी मुदामा जरिवाना ठहर भैइ फरार रहेका कोल्हवी नगरपालिका ८ निवासी बर्ष ४२ को राजु तमाङ्ग, करैयामाई गाउँपालिका ८ बस्ने बर्ष ६८ को मोहन चौधरी , महागढीमाई नगरपालिका ५ निवासी बर्ष ५८ को महादेव सहनी , पचरौता नगरपालिका ५ बस्ने बर्ष ४५ को अनुठा ठाकुर निजको छोरा रामजन्म शार्मालाइ प्रहरीले पक्राउ गरेका बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।
त्यसैगरी करैयामाई गाउँपालिका ४ निवासी बर्ष ३० को प्रमोद साह कानु गरि ६ जनालाई आफ्नै गाउघरमा लुकिछिपी बसेको अवस्थामा बारा प्रहरीले माघ १४ गते पक्राउ गरेको जनाइएका छन् । पक्राउ परेका प्रतिबादिलाई सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएको बाराको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायक उपरिक्षक गौतम मिश्रले बताए ।
त्यस्तै अबैध रुपमा खेती गरिएको गांजा खेतिलाई प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्राैनगढको टोलिले सिम्राैनगढ नगरपालिका १ खजानी स्थित रहेको अबैध गांजा खेतिलाई प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।