दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ मा रहेको श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगडमपुरको अभिभावक भेला सम्पन भएको छ ।अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्रकुमार जयसवालको अध्यक्षतामा ७ सदस्यीय नयाँ व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ । जयसवाल दोस्रो कार्यकालको लागि व्यवस्थापन समितिको अध्यक्षमा चयन हुनुभएको हो ।समितिको सदस्यहरूमा सियारामप्रसाद यादव, सुनरपति दुसाद्धिन, सिता देवी राम, रिना कुमारी, राजेश्वरप्रसाद सहनी र रामबाबु यादव चयन भएका छन । त्यसैगरी समितिको सदस्य सचिवमा विद्यालयका निमित्त प्रधानाध्यापक सरोजकुमार पासवान रहनुभएको छ ।
नव निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले टिका, माला र गाम्छा पहि¥याएर जयसवाललाई पदभार ग्रहण गराउनु भएको थियो । समितिमा शिक्षक प्रतिनिधि र बाल क्लबबाट एक÷एक जना सदस्य चयन गर्न बाँकी रहेको बताइएको छ ।अभिभावक भेलामा विद्यालयका शिक्षक, शिक्षिका, स्थानीय शिक्षाप्रेमी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply