डुमरवाना,साना किसान कृषि सहकारी संस्था लिं डुमरवाना केन्द्र सिमरा शाखाको आयोजनामा सञ्चालित ६ महिने सिलाइकटाइ तालिमको बुधवार समापन गरिएको छ ।लाइन्स क्लब वीरगञ्जको सहयोगमा ६ महिनासम्म सञ्चालन भएको तालिमको समापन संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रदीप सिंह बरालको प्रमुख आतिथ्यतामा भएको हो । संस्थाले आफ्ना सेयर सदस्य तथा सेयर सदस्यका परिवारलाई सीप सिकाएर उद्यमी बनाई आत्मनिर्भर हुनका लागि सीपमूलक तालिम सञ्चालन गरेको संस्थाका अध्यक्ष बरालले बताउनुभयो ।कार्यक्रममा लायन्स क्लब वीरगञ्जका लायन प्रेसिडेन्ट पप्पु श्रीवास्तवले सामाजिक कार्यका लागि लायन्स क्लब सहकार्य गर्न तयार रहेको बताउनुभयो ।६५ जनाको सहभभागिता रहेको तालिमममा मुख्य प्रशिक्षक उर्मिला सापकोटाले सिलाइ कटाइ सम्बन्धी तालिम दिनुभएको थियो ।कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । आफैँ सिलाइकटाइ तालिमको प्रशिक्षार्थी भएर पनि तालिममा सहभागी भै राम्रो कपडा सिलाउन जान्ने सहपाठी प्रशिक्षार्थीलाई पूर्णकला भुषालले सिलाइ मेसिन प्रदान गर्नुभएको छ । तालिममा सहभागी भएदेखि नै प्रशिक्षार्थीको हौसला बढाउन र व्यवसाय सञ्चालन गरी जीविकोपार्जनका लागि सहज होस भन्दै तालिममा उत्कृष्टता हासिल गरी प्रथम हुने ईश्वरी अर्याललाई एक थान सिलाई मेसिन प्रदान गर्नुभएको हो ।तालिममा दोस्रो स्थान हासिल गर्ने देवी कुँवरलाई संस्थाका अध्यक्ष प्रदीप सिंह बरालले एक थान सिलाइ मेसिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।त्यस्तै सिर्जना श्रेष्ठ तृतीय र दीपमाला शर्माले सान्त्वना पुरस्कार प्राप्त गरे भने नियमित उपस्थिति भै मुसकानदेवी रामले नगद पुरस्कार प्राप्त गरिन् ।

Leave a Reply