वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले मधेश प्रदेश केवल राजनीतिक फाइदा लिने अखडा मात्रै बनेको जिकीर गरे ।राष्ट्रिय स्वतन्त्र पार्टीले वीरगञ्जको होटल क्लासिक राखेको भेटघाट कार्यक्रममा अध्यक्ष लामिछानेले यस्तो जिकीर गरेका हुन् ।उनका अनुसार मधेशलाई लुट्ने सिलसिला अझै जारी नै छ, रोकिएको छैन । उनी भन्छन्,‘मधेश त केवल नेता बनाउँने कारखाना हो, मधेशले धेरै नेता जन्माएको छ । तर त्यसको उपलब्धि अहिलेसम्म मधेशले पाएको छैन । त्यसकारण मधेश बनाउँन पहिला यहाँको बन्द कल कारखाना सञ्चालनमा ल्याउनुपर्छ ।’कृषि औजार कारखानालाइ मात्रै सञ्चालनमा ल्याउन सकियो भने मधेशको कायापलट हुन्छ,’ उनले भने ।उनका अनुसार रास्वपाले यही सब समस्यालाई मध्यनजर गरेर समाधान गर्नका लागि आफ्नो योजनाहरु तयार पारेको छ ।उनी भन्छन्,‘एकपटक हाम्रो पार्टीको बहुमतको सरकार बन्नु पर्छ, मधेशसहित देशकै कायापलट गर्छौ । किनकी, हाम्रो केही स्वार्थ छैन, त्यसकारण मधेशले अब सोचेर आफ्नो बाटो तय गर्नुपर्छ ।’राजनीतिकलाई हामी पेशा बनाउँन नआएको उनको भनाइ छ । देशभित्रको भ्रष्ट्रचार र राजनीतिक रोटी सेक्नेहरुको हिसाब मिलाउनको लागि आफ्नो पार्टीको जन्म भएको अध्यक्ष लामिछानेले जनाए ।उनले भने,‘देशको अर्थतन्त्र नै डमाडोल छ, सबैतिर समस्या छन् । बीरगन्जकोे अर्थतन्त्र पनि यसको चपेटामा परेको छ । हामी अर्थतन्त्रलाई बलियो बनाएर अगाडि बढ्ने योजनाका साथ आएका छौं । त्यसकारण तपाइहरु हामीलाई सहयोग गर्नुहोस ।’

 

Leave a Reply