निजगढ,मधेश प्रदेश अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरुमा सहयोग सहयोग गर्दै आएको साथी नेपाल काठमाण्डौंले निजगढ ६ स्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोललाई शनिवार १० थान सिलिङ पंखा हस्तान्तरण गरेको छ ।संस्थाका निर्देशक राम भट्टराई, अध्यक्ष सरिता सापकोटा र कोषाध्यक्ष भिम उपाध्यायले विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई सो पंखा हस्तान्तरण गर्नुभएको हो । सोही विद्यालयबाट २०६० सालमा एसएलसि उत्तीर्ण अध्यक्ष सरिता सापकोटाको पहलमा सहयोग उपलब्ध गराइएको बताइएको छ ।पंखा हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा समिति सदस्य आशा श्रेष्ठ, व्यवस्थापन समितिका पूर्व अध्यक्ष थानेश्वर सापकोटा, पूर्व सदस्य लिलाबहादुर राउतलगायतको सहभागिता रहेको थियो ।

















