निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माविका प्रधानाध्यापक एवंम विद्यालयका विज्ञान शिक्षक बद्रीनारायण झा सम्मानित हुनुभएको छ ।नेपाल विज्ञान तथा प्रविध प्रज्ञा प्रतिष्ठानले बुधवार काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा प्रअ झालाई सम्मान गरेको हो । प्रतिष्ठानले झालाई प्रदान गरेको कदर पत्रमा भनिएको छ– विगत लामो समयदेखि विज्ञान शिक्षाको क्षेत्रमा समर्पित रही विद्यार्थीहरुमा विज्ञान शिक्षाप्रति जागरण र अभिरुची बढाई विज्ञान शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याएबापत तपाईलाई यो कदर पत्र प्रदान गरिएको छ ।प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दहालले प्रअ झालाई कदर पत्रसहित सम्मान गर्नुभएको थियो । कार्यक्रममा शिक्षा, विज्ञान र प्रविधि मन्त्री अशोक राईलगायतको उपस्थिति रहेको थियो । नेपाल विज्ञान तथा प्रविध प्रज्ञा प्रतिष्ठानले २०७६ सालदेखि विज्ञान शिक्षाको क्षेत्रमा कार्यरत उत्कृष्ट विज्ञान शिक्षकहरुको प्रत्साहनको लागि कदर पत्रमार्फत सम्मान गर्दैआएको छ ।

Leave a Reply