निजगढ,प्राथमिक स्वास्थ्य केन्द्र निजगढले सेवा अवधि लम्ब्याएको छ । अस्पतालले बिरामीहरुलाई अब बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म सेवा दिने भएको छ ।अस्पताल संचालक समितिको बैठकको निर्णय अनुसार अस्पताल खुल्ने अवधि २ घण्टा बढाइएको समितिका अध्यक्ष एंवम निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवालले जानकारी दिनुभयो । वडा अध्यक्ष कटवालले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर अस्पतालमा हाल रहेकै जनशक्तिमार्फत २ घण्टा अगाडि अस्पताल खोलेर बिरामीहरुलाई सेवा उपलब्ध गराइने निर्णय गरिएको बताउनुभयो ।थप गरिएको अवधिमा पनि नियमित सेवा सरह ओपिडीसहित एक्सरे, ल्याब र अन्य सुविधा उपलब्ध गराइने बताइएको छ । सेवा अवधि थप गरिएपछि चेक जाच र उपचारको लागि बिहान अस्पतालमा आउने बिरामीहरु लाभान्वति हुने र दिवा सेवामा पनि बिरामीहरुको चाप पनि कम पर्ने बताइएको छ ।अस्पतालमा हाल दैनिक १ सय जनाभन्दा बढी बिरामीले सेवा लिदै आएका छन । अध्यक्ष कटवालले आगमी दिनमा अस्पतालमा २४ सैं घण्टा सेवा उपलब्ध गराउन आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने कार्य भइरहेको जानकारी दिनुभएको छ ।

Leave a Reply