निजगढ, ११ असोज–  बाराको निजगढस्थित पुर्वपश्चिम लोकमार्गको पथलैया–निजगढ सडक खण्डमा आइतबार साँझ बसको ठक्करबाट स्कुटीमा सवार श्रीमान/श्रीमति र उनीहरुको छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर– १० लालका २५ वर्षिय तिर्थमान स्याङ्गतान, २३ वर्षकी श्रीमति ज्योति र एक बर्षिय छोरा छन । पथलैयाबाट निजगढतर्फ आउदै गरेको ना २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई विपरित दिशाबाट आएको ना ४ ख ७२४४ नम्बरको यात्रु बसले साँझ ४.४० बजे लोकमार्गको दुधौरा खोला पुल नजिक ठक्कर दिदा तिन नै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त एंव प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय सिमराको टोलीले बसलाई नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको मिश्रले जानाकारी दिनुभयो ।

Leave a Reply