आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर– ६ स्थित गण्डक नहरको सडकमा बुधवार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन ।घाइते हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सलेमपुर निवासी बिश्वनाथ साहका वर्ष १८ का छोरा श्री साह र सिम्रौनगढ वडा नम्बर २ अमृतगन्ज निवासी अकलु मुखियाका वर्ष २२ का छोरा शनी मुखिया रहेका छन ।घाइते दुबैको सिम्रौनगढ रानीवास बजारको प्राईवेट क्लिनिकमा उपचार भइरहेको जनाइएको छ ।ओभरटेक गर्ने क्रममा एउटै दिशाबाट आएका दुबै मोटरसाइकल एकआफसमा ठोक्किएका थिए । मोटरसाइकल ठोक्किएपछि दुबै जना सडकमा लडेका थिए ।ईलाका प्रहरी कार्यलय सिम्रौनगढबाट पुगेको प्रहरी टोलीले उनीहरुको उद्धार गरी अस्पताल पु¥याएको हो । दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिइएको सिम्रौनगढ प्रहरीले जनाएको छ ।

Leave a Reply